काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्ने बताएका छन् । शनिबार एमालेको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलन कसैको उक्साहट मात्र नभई चरम कुशासन र बेरोजगारीको पृष्ठभूमिमा आक्रोश व्यक्त भएको बताए । उनले सरकार, दलहरू र पूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिए ।


