काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले २०८४ मा हुनुपर्ने चुनाव ०८२ किन हुन लागेको त्यसको पुष्टि हुनुपर्ने बताएका छन् ।
०८२ मा किन चुनाव हुन्छ, त्यसको पुष्टि हुनुपर्छ, चुनाव गरेर मात्र हुँदैन’ उनले भने । जसपा नेपाललाई यस्तो चुनाव स्वीकार हुन नसक्ने समेत उनले बताए । एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै उनले सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्ने सबै नेपाली नागरिकको चाहना रहेको बताए ।
भदौ २३ र २४ गते नेपालमा भएको घटनामा सिंहदरबार र सर्वोच्च अदालत जलेको मात्र नभई त्यहाँ आवश्यक वस्तु समेत जलेको र जलाइएको उनले दाबी गरे । ‘आन्दोलनको नाममा आवश्यक कागजातहरू जलाइएको र चोरिएको भन्दै यसको बारेमा आवश्यक छलफल हुनुपर्ने कुरामा उनले जोड दिए ।


