१ जेष्ठ २०८३, शुक्रबार 1778905057
विश्व

स्विट्जरल्यान्डकाे स्विस स्की रिसोर्टमा विस्फोट, कयौँको मृत्यु

बर्न । स्विट्जरल्यान्डको स्की रिसोर्ट क्रान्स–मोन्टानाको बारमा विस्फोट हुँदा धेरै जनाको मृत्यु भएको छ । अरु धेरै घाइते भएको  प्रहरीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।

स्थानीय समय अनुसार विष्फोट ०१ः३० बजे  कन्स्टेलेसन बारमा विस्फोट भएको बीबीसीलाई दिएको एक विज्ञप्तिमा प्रहरीले भनेको छ ।

सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित फुटेजमा नयाँ वर्षको पूर्वसन्ध्या मनाइँदै गर्दा बारमा आगो लागेको देखाइएको छ । प्रभावित परिवारका लागि हेल्पलाइन स्थापना गरिएको प्रहरीले जनाएको छ ।

क्रान्स–मोन्टाना स्विस अल्प्सको मुटुमा अवस्थित एक विलासी स्की रिसोर्ट शहर हो । यो स्विस राजधानी बर्नबाट लगभग दुई घण्टा टाढा छ ।