५ भदौ २०८३, शुक्रबार 1787333192
Banner

वीरगञ्जको कर्फ्यू हट्यो

जनकपुरधाम । दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ ।

मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो ।

‘‘सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रुपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति २०८२।०९।२२ गते अपरान्ह ३ :३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यू आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ।