सुर्खेत । नेकपा एमालेले राष्ट्रियसभाका लागि कर्णालीबाट मिनासिंह रखालको उम्मेदवारी दर्ता गराएको छ ।
सुर्खेतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइएको हो ।
उनी कांग्रेस-एमाले गठबन्धनबाट महिला कलस्टर तर्फको उम्मेदवार बनेकी छिन् । कर्णालीमा दुई पदका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ ।


