६ भदौ २०८३, शनिबार 1787389237
Banner

नेकपाका पच्चिस सय केन्द्रीय सदस्यले शपथग्रहण गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन्।

विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त संख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने नेता बेदुराम भुसालले बताए।

उनका अनुसार दिउँसो १२ बजे कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा उपस्थित हुनका लागि भौतिक रूपमा र उपस्थित नहुनेलाई भर्चुअल सपथग्रहण गराइनेछ।