२ जेष्ठ २०८३, शनिबार 1778912369
Banner

कांग्रेसको पहिलो चरणको वार्ता सकारात्मक, आजै दिउँसो पुनः बैठक बस्ने

काठमाडौं । विशेष महाधिवेशनका कारण नेपाली काँग्रेसभित्र चुलिएको विवाद समाधानका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भएको छ । पहिलो चरणको वार्ता सकारात्मक भएको जानकारी दिइएको हो । आजै दिउँसो साढे २ बजे दोस्रो चरणको वार्ता हुनेछ ।

छलफलमा संस्थापन पक्षबाट रमेश लेखक, बालकृष्ण खाण, नेता शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार, नेता मिनेन्द्र रिजाल र विशेष महाधिवेशन आयोजनक महामन्त्रीद्वयको पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए ।