१० जेष्ठ २०८३, आइतबार 1779636221
राजनीति

कांग्रेस सभापति थापाले वारेसमार्फत दर्ता गराए उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका कांग्रेस प्रवक्ता देवराज चालिसेले रातोपाटीलाई जानकारी दिए ।

सभापति थापाको वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् । पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।