४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:55 pm
समाचार

डा. संगीता मिश्रालाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सूचना प्रेस २०८२ माघ ७ बुधबार ००:००, १७:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा। संगीता मिश्रालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आज न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।