काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज सप्तरी जाँदै छन् । निर्वाचन लक्षित नेता–कार्यकर्ता भेटघाटका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
सभापति थापा जिल्ला प्रवेश गरेपछि भारदहस्थित कंकालिनी मन्दिरको दर्शन गरी क्षेत्र नम्बर १ को कार्यालय पुगेर सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला सभापति एवं सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार रामदेव साहले जानकारी दिए । त्यसपछि क्षेत्र नम्बर ३ को कठौनामा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
क्षेत्र नम्बर ४ मा पनि कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको साहले जानकारी दिए ।


