दमक-नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ को दमकमा सोमबार बिहानै देखि मतदातासँगको भेटघाटलाई तिव्रता दिनु भएको छ । दमक ५ को यलम्बर चोकबाट उहाँको भेटघाट र घरदैलो शुरु भएको हो । त्यस क्रममा अध्यक्ष ओलीलाई स्थानीय मतदाताहरुले आफुहरु मत बदल्ने पक्षमा नरहेको भन्दै ढुक्क भएर अघि बढ्न आग्रह गरेका थिए ।

चुनावी प्रचार प्रसारको औपचारीक शुरुवात भएसँगै मतदाता तथा शुभेच्छुकहरुले नाचगान सहित अध्यक्ष ओलीलाई स्वागत गरेका थिए । अध्यक्ष ओलीले सोमबार अपह्रान्ह ३ बजे अघि दमक ६ को शंखधर चोक, दमक ७ मा रहेको तवनि चौक, वडा नं १ स्थति हावल्दार चौकमा मतदाता तथा स्थानीयसँग भेटघाट गर्नु हुने क्षेत्र नं. ५ का चुनाव प्रचार प्रसार समिति संयोजक एवम् एमाले केन्द्रिय सदस्य ईन्द्र भण्डारीले जानकारी दिनुभयो ।

अपरान्ह्र ३ बजे दमक २ स्थति दमक फन पार्कमा आयोजति भेटघाट कार्यक्रममा सहभागगि हुने कार्यक्रम रहेको छ छ भने बेलुका ४ बजे दमक ३ स्थति आमचौकमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ ।




