काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अव सरकार नियुक्तिमा दल होइन अब्बल खोजिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भने, ‘नेपाली कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ ।’ उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने बताए ।
‘नियुक्तिको शपथ लिनु पूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने विषय हामीले हामीले अनिवार्य गर्छौँ,’ सभापति थापाले भने । उनले नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने पनि बताए । सेवा ढिलो भएमा क्षतिपूर्ति दिने व्यवस्था गर्ने थापाले बताए ।


