काठमाडौं । अब उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा सनरूफ (छत खोल्न मिल्ने) भएको गाडी प्रयोग गर्न नमिल्ने भएको छ । आन बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षाालाई ध्यानमा राख्दै सनरूफ भएको गाडी प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।
बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधि सहभागी थिए ।


