३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:03 am
खेलकुद

टी–२० विश्वकपको सुपर ८ को खेलमा आज २ खेल हुँदै

सूचना प्रेस २०८२ फाल्गुन १४ बिहिबार ००:००, ०९:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गतको सुपर ८ को खेलमा आज दुई खेल हुँदैछ ।

भारतको अहमदावादमा दिउँसो सवा ३ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबिच विजयी हुने टिम सेमिफाइनलमा पुग्नेछ ।

यस्तै, बेलुका सवा ७ बजेबाट सुरु हुने दोस्रो खेलमा भारत र जिम्बावे भिड्दै छन् । सुपर–८ अन्तर्गत समूह ‘एक’को भारत र जिम्बावे अंकविहीन छन् ।

आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिनेछ । त्यसैले आयोजक भारत र जिम्बावे दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।