काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज (आइतबार) दुई खेल हुने भएको छ ।
भारतको इडेन गार्डेन मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुने खेलमा भारत र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।
आयोजक समेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी–२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ ।
आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन् । यो खेल आइतबार दिउँसो ३ः१५ बजे दिल्लीमा सुरु हुनेछ ।


