काठमाडौं । नेपालमा यही मार्च १० देखि २० तारिखसम्म आयोजना हुन लागेको आईसीसी विश्वकप लिग २ को खेल स्थगित भएको छ ।
अमेरिका, इजरायल र ईरान युद्धका कारण मध्यपूर्वमा देखिएको अस्थिरताका कारण उक्त खेल स्थगित भएको हो । लिग २ श्रृङ्खला मा नेपाल, युएई र ओमानबीच कीर्तिपुर क्रिकेट रंगशाला र मूलपानीमा खेल हुने तय थियो ।
जसमा ३ वटै टोलीले ४/४ खेल खेल्ने तय भएको थियो । नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि खेल रोकिएको जनाएको छ ।
लिग २ नेपाल लगायत ८ एसोसिएट राष्ट्रबीच हुने सबैभन्दा महत्त्वपूर्ण एक दिवसीय प्रतियोगिता हो । यो प्रतियोगिताले एक दिवसीय मान्यता जोगाउने देखि विश्व कप छनोटसम्मको तालिका निर्धारण गर्ने गर्दछ । श्रृङ्खलामा नेपाल अहिले सातौं स्थानमा संघर्षरत छ ।


