१३ श्रावण २०८३, बुधबार 1785377305
कला/साहित्य

राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस् : राजेश हमाल

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज र सचेत भएर मतदान गर्न आग्रह गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जाल मार्फत हमालले नेपालको भविष्य र राजनीतिक स्थिरताको महत्त्वपूर्ण पक्षलाई ध्यान दिएर मतदान गर्न आग्रह गरेका हुन् ।उनी भने। ‘केही दिन यता विश्व नै राजनीतिक अस्थिरताले भरिएको छ। इरानमाथि गरिएको आक्रमणले मध्(पूर्व मात्र नभई सम्पूर्ण विश्वमा हलचल मच्चाएको छ। यसले नेपाललाई संवेदनशील र कमजोर अवस्थामा पुगेको छ। यो पृष्ठभूमिमा नेपाल चुनावतर्फ अघि बढ्दैछ।’

उनले भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव संवेदनशील र चुनौतीपूर्ण रहेको बताएका छन् । हमालले भने, “भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव मेरो लागि संवेदनशील र चुनौतीपूर्ण छ। हामी माझ हाम्रो छनोट पुराना र राजनीतिक हिसाबले परिपक्व दलहरूको छवि र नयाँ शक्ति भनिनेहरूको राजनीतिक अपरिपक्वता तथा दुरदर्शिता अझै स्पष्ट रूपमा नेपाली समुदायमा देखिएको छैन।”