काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै मतदान गरेका हुन् ।

देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन् ।


