काठमाडौं । रौतहट १ मा नेकपाका सहसंयोजक माधवकुमार नेपाल धेरै पछाडि परेका छन् । यस क्षेत्रमा रास्वपाका राजेशकुमार चौधरीले १८०४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
जसपा नेपालका योगेन्द्रराय यादव ११०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका अनिलकुमार झाले ८२७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
त्यस्तै, एमालेका अजयकुमार गुप्ताले ५६७ मत प्राप्त गरेर चौथो स्थानमा छन् भने नेकपाका नेपालले ४५४ मत प्राप्त गर्दै पाँचौं स्थानमा छन् । नेपालले अघिल्लो चुनावमा यसै क्षेत्रबाट जित हासिल गरेका थिए ।


