काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले अग्रता कायमै राखेका छन् । हालसम्म १२ हजार ३ सय १३ मत गणना गरिसक्दा नेपाली कांग्रेसका राणाले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका हुन् । साथै, उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पछ्याइरहेका छन् ।
रास्वपाका महर्जनले ३ हजार १०७ मत प्राप्त गरेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चेतनाथ सञ्जेलले २ हजार ७१५ मत प्राप्त गरेका छन् । ललितपुर क्षेत्र नं–१ मा हालसम्म सदर मत ११ हजार ८ सय ९० छ भने बदर मत ४२४ छ ।
निर्वाचन आयोगका अनुसार मतगणना निरन्तर जारी छ । ललितपुर –१ मा मतदाताको संख्या ७७ हजार ७ सय ३७ भएपनि करिब ५२ हजार मत खसेको आयोगले जनाएको छ ।


