लमजुङ । लमजुङमा मतगणना जारी रहँदा नेकपा (एमाले) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता बनाएका छन् । कडा प्रतिस्पर्धा देखिएको लमजुङमा गुरूङले अग्रता कायम गरेका हुन् ।
पछिल्लो परिणाम अनुसार ८ हजार १ सय ३५ मत गणना हुँदा गुरुङले २ हजार ६ सय ५८ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका गमप्रसाद गुरूङले २ हजार २ सय ७५ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी २ हजार १ सय ८३ मतसहित तेस्रो स्थानमा रहँदा नेकपाका हरिजंग तामाङले ४ सय ३८ मत मात्रै पाएका छन् ।


