काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इरान युद्ध र युक्रेनको अवस्थाबारे एक घण्टा फोनमा कुराकानी गरेका छन् ।
ट्रम्पका अनुसार सोमबार राति भएको कुराकानीमा पुटिनले रुसले इरानमा युद्ध अन्त्य गर्न मद्दत गर्न चाहेको बताएका थिए । साथै, ट्रम्पले पुटिनलाई रुस–युक्रेन युद्ध अन्त्य गर्न मद्दत गर्नु राम्रो हुने पनि बताए ।
फ्लोरिडामा मिडियासँग कुरा गर्दै ट्रम्पले इरान युद्ध सुरु भएदेखि पुटिनसँगको यो उनको पहिलो कुराकानी भएको र मध्यपूर्वमा तनाव बढेको समयमा भएको बताए । साथै, ट्रम्पले पछिल्लो १० दिनमा अमेरिकाले ५१ वटा इरानी जहाजहरू डुबाएको र हजारौं सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी पनि गरे ।


