काठमाडौं । पछिल्लो १२ दिनदेखि अमेरिका–इजरायल र इरानबीच युद्ध चलिरहेको छ । यस बीचमा अमेरिका र इजरायल मिलेर इरानमा गरेको आक्रमणमा हालसम्म १३ सयभन्दा बढी मानिसहरु मारिएको र करिब ८ हजार घरहरूमा क्षति पुगेको इरानले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावनीका अनुसार इरानका ९ हजार ६ सय क्षेत्रहरूमा आक्रमण भएको छ । निजी घरहरु, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालयहरू आक्रमण भइरहेको इरानको दाबी छ ।
इरानले इजरायलको हाइफा, जेरुसेलम र तेल अभिभमा पनि क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ । जारी युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ । अमेरिकी रक्षा विभागका अनुसार अहिलेसम्म लगभग १४० अमेरिकी सैनिक घाइते भएका छन् ।


