५ आश्विन २०८१, शनिबार 1726979033
पर्यटन

सगरमाथामा भेटियो मानव कंकाल : चार हिमालमा ३३ टन फोहोर

सर्वोच्च शिखर सगरमाथामा थुप्रिएको फोहर सङ्कलन गर्ने क्रममा दुईवटा मानव कङ्काल भेटिएका छन्। नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको सफा हिमाल अभियान-२०२२ को क्रममा मानव कंकाल फेला परेको नेपाली सेनाले जनाएको छ।

हिमाल सफा अभियानका क्रममा फेला परेका मानव कंकाल स्थानीय निकायको रोहवरमा प्रहरीलाई बुझाइएको नेपाली सेनाले सेनाले जनाएको छ। सगरमाथा आरोहणका क्रममा हालसम्म ३१५ जना आरोही तथा तीनका सहयोगी बेपत्ता भएको अनुमान गरिएको छ। 

गत चैत २२ गतेदेखि नेपाली सेनाको नेतृत्वमा विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मकालु हिमाल सफाइ गरिएको थियो। जसअन्तर्गत चारवटा हिमालबाट ३३ टन फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका ३० तथा हिमाल आरोही शेर्पाका ५८ गरेर ८८ जनाको प्रत्यक्ष सहभागितामा सञ्चालन भएको सफाइ अभियानमा मनास्लु हिमालबाट पाँच हजार ७१४, कञ्चनजङ्गा हिमालबाट १५ हजार ३७३, सगरमाथा र ल्होत्से हिमालबाट १२ हजार ७९० केजी गरी जम्मा ३३ हजार आठ सय ७७ केजी फोहर सङ्कलन भएको हो।