५ आश्विन २०८१, शनिबार 1726918107
विश्व

भारतको उत्तरकाशीमा बस दुर्घटना,२६ यात्रुको मृत्यू

काठमाडौं- हिजो साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके ०४- १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने– दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको छ । उत्तराखण्डका मुख्यमन्त्रीले प्रकोप नियन्त्रण कक्षबाट उद्धार कार्यको निगरानी गरिरहेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार राति देहरादून पुगेका छन् ।

पुरालाका एसएचओ अशोक कुमारले भने–गहिरो खाडल र अन्धकारका कारण शव सडकसम्म लैजान समस्या भएको छ । उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ ।