२४ भदौ २०८३, बुधबार 1788974925
समाचार

यात्रु तानातान गर्ने ४८ जना काठमाडौँमा पक्राउ

काठमाडौँ : काठमाडौंमा यात्रु तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन्। प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना तथा प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई नियन्त्रणमा लिएको हो।

बस तथा सुमो चढेर उपत्यका बाहिर जान लागेका यात्रुलाई टिकट काउन्टरमा कार्यरत व्यक्तिहरुले अनावश्यक रूपमा तानातान गरेको गुनासो आएपछि प्रहरी सक्रिय भएको थियो। पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।