१७ असार २०८३, बुधबार 1782969754
Banner

आफ्नो बिग्रिएको मति अनुकूल गतिलाई बुझ्ने मूर्खता नगरौँ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आफ्नो बिग्रिएको मति अनुकुल गतिलाई नबुझ्न आग्रह गरेका छन् । पछिल्लो समय पार्टीमा देखिएको विवादलाई लक्षित गर्दै उनले आफ्नो मति अनुसार गतिलाई नबुझ्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘नयाँ स्तरमा गतिवान् बनाउन एकताबद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

गतिलाई बुझ्नपर्छ । गति अनुसार मति बनाऔँ (विकसित परिस्थिति अनुसार आफ्ना चिन्तन र व्यवहारमा सुधार गरौँ) आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मूर्खता नगरौँ१ गति अनुसार मति सपार्ने काममा लागौँ१ सिङ्गो एमाले पङ्क्तिले यो कुरा बुझौँ१ अहिले चुनौतीको भुँवरीमा परेको एमालेलाई यसरी मात्र बचाउन सकिन्छ( यसरी मात्र रक्षा गर्न सकिन्छ !’

पार्टीलाई नेपाली जनताको प्रिय पार्टी बनाउन, यसलाई नयां स्तरमा गतिवान बनाउन एकतावद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । एमालेका सबै जिम्मेवार नेता, कार्यकर्ता, समर्थकले एमालेको जीवनसँग अविछिन्न रूपले गांसिएको पृष्ठभूमिलाई नबिर्सन पनि उनले आग्रह गरे ।