१ जेष्ठ २०८३, शुक्रबार 1778882140
विश्व

चीनलाई ट्रम्पको धम्की : इरानलाई हतियार पठाए गम्भीर परिणाम भोग्नुपर्नेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी दिँदै इरानलाई हतियार पठाएमा त्यसको परिणाम भोग्नुपर्ने बताएका छन् ।

चीनले इरानलाई हतियार पठाउने तयारी गरिरहेको दाबी गरिएको रिपोर्टको जवाफमा ट्रम्पले यस्तो बताएका हुन् ।

रोयटर्सका अनुसार ह्वाइट हाउसबाट मियामी जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यदि चीनले यसो गर्छ भने, चीनले ठूलो समस्याको सामना गर्नुपर्नेछ ।’

अमेरिकी सञ्चारमाध्यम सीएनएनले आफ्नो एक रिपोर्टमा इरानले आगामी हप्ताहरूमा चीनबाट नयाँ हवाई रक्षा प्रणाली प्राप्त गर्नसक्ने बताएको थियो ।