३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 7:09 am
अर्थ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सूचना प्रेस २०८२ चैत्र ३० सोमबार ००:००, ११:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन आइतबार २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा आज ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।