२२ बैशाख २०८३, मंगलबार 1778019753
राजनीति

२०८२ अब इतिहास भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ साल अब इतिहास भएको बताएका छन् । मंगलबार (वैशाख १) नयाँ वर्ष २०८३ सालको शुभकामना दिँदै ओलीले यस्तो बताएका हुन् । 

“सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि– २०८२ अब इतिहास  भयो,” ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

ओलीले इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।