२९ कार्तिक २०८३, आइतबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:05 am
Banner

सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि सहकार्य होस् : ओली

सूचना प्रेस २०८३ बैशाख १ मंगलबार ००:००, ०९:५३ बजे १ मिनेट पढाइ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाकाका अनुभव र नयाँ पुस्ताको युवा ऊर्जाबीच सार्थक सहकार्य (सिनर्जी) हुनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् । अघिल्लो वर्षका सफलता र विफलतालाई इतिहासको जिम्मा छाड्दै विगतको समीक्षा र भविष्यको आकलन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि– २०८२ अब इतिहास भयो,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् ।’