१३ जेष्ठ २०८३, बुधबार 1779886992
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले बुधबार जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।