१५ जेष्ठ २०८३, शुक्रबार 1780086881
राजनीति

कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघको प्रथम महाधिवेशन भोलि

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघको पहिलो महाधिवेशन हुँदैछ । थारु संघले भोलि (शनिबार) पहिलो महाधिवेशन गर्ने भएको हो ।

सभापति गगनकुमार थापाले थारु संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह १२:१५ बजेबाट सुरु हुने छ । थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ ।

यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको थियो । हाल शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।

तत्कालीन सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई थारु संघको सदस्यमा मनोनयन गरेका थिए ।