२८ जेष्ठ २०८३, बिहिबार 1781173559
समाचार

मकवानपुरमा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारमा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब १०ः५० बजे इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ 

टोलीले गम्भीर घाइते अवस्थामा रहेका चालक र एक यात्रुको उद्धार गरेको थियो ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४०/४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए ।

बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार हुन् । यादव फास्ट ट्र्याकमा इञ्जिनियरका रूपमा कार्यरत रहेको जनाइएको छ ।

घाइते दुवैलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा आज बिहान  चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकका शव हेटौंडा अस्पतालमा राखिएको छ ।