३१ जेष्ठ २०८३, आइतबार 1781435144
समाचार

एनआईसी एशिया लघुवित्तको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा शनिबार धरानमा सम्पन्न भएको छ । सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समूहतर्फ एनआईसी एशिया बैंक लिमिटेडबाट मनोनित भई प्रतिनिधित्व गरेका लक्ष्मण चालिसे, विभोरकुमार अग्रवाल, दीपेन्द्र शर्मा र पुष्करराज जोशी तथा सर्वसाधारण समूहतर्फ बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साधारणसभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकबाट नवनिर्वाचित सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा चयन गरिएको संस्थाले जनाएको छ ।