१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:50 am
अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सूचना प्रेस २०८३ असार १ सोमबार ००:००, ११:५० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।