२०२६ को विश्वकप फुटबल समूह ‘सी’ अन्तर्गत भएको निकै महत्वपूर्ण खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले स्कटल्याण्डलाई ३(० को फराकिलो अन्तरले पराजित गरेको छ।
यो जितसँगै ब्राजिल प्रतियोगिताको बाहीरिने नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।

खेलको सुरुदेखि नै ब्राजिलले आफ्नो आक्रामक शैली प्रस्तुत गरेको थियो। ब्राजिलका लागि युवा खेलाडी भिनिसियस जुनियरले दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए।
त्यस्तै, अर्का खेलाडी मथुस कुन्हाले पनि एक गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
खेलको ७६औं मिनेटमा ब्राजिलका चर्चित खेलाडी नेयमार मैदान प्रवेश गरेका थिए। चोटका कारण अघिल्ला दुई खेल गुमाएका नेयमार मैदानमा फर्किएको दृश्यले समर्थकहरूमा उत्साह छाएको थियो।
अर्कोतर्फ, स्कटल्याण्डका लागि यो खेल निकै चुनौतीपूर्ण रह्यो। स्कटल्याण्डले खेलमा केही राम्रा अवसरहरू बनाए पनि ब्राजिलको बलियो रक्षापंक्ति र गोलरक्षक एलिसन बेकरलाई पार गर्न सकेन। विशेष गरी स्कटल्याण्डका स्कट म्याकटोमिनेको प्रहारलाई एलिसनले बचाएर गोल हुनबाट रोकेका थिए।
यस पराजयसँगै स्कटल्याण्डको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ। खेलपछि समर्थकहरूले नेयमारको पुनरागमन र भिनिसियसको उत्कृष्ट प्रदर्शनको निकै प्रशंसा गरेका छन्।


