काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू तीव्र रूपमा जुटेका छन्। काराकास र नजिकैको तटीय सहर ला गुइरामा भग्नावशेषभित्रबाट मानिसहरूले मद्दतका लागि पुकारेको आवाज सुनिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतहभन्दा कम गहिराइमा गएकाले क्षति निकै ठुलो भएको हो।


