चितवन : रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न पनि उनले सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।
आज महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’
अहिलेसम्म मतदाताको रेस्पोन्स आफूप्रति सकारात्मक पाएको भन्दै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।


