काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एच’को आजको खेलमा स्पेनले उरुग्वेलाई पराजित गरेको छ ।
खेलको पहिलो हाफमा स्पेनका लागि एलेक्स बाइनाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा बाइनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
स्पेनले अन्त्यसम्म आफ्नो अग्रता कायम राख्यो र बाइनाको गोल निर्णायक सावित भयो ।
जितसँगै स्पेन समूह ‘एच’को शीर्ष स्थानमा रहँदै सात अंकसहित नकआउट चरणमा पुगेको छ ।
यता पराजित भएसँगै उरुग्वेको विश्वकपको यात्रा समूह चरणमै समाप्त भएको हो ।


