काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो । ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।
त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियान नै सञ्चालन गरिएको बताएको छन् । अवैध गतिविधि हुने भन्दै कालो सिसाका लगाइएका सवारीमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ ।


