काठमाडौँ – मेक्सिको र मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको हो।
निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

यसअघि खेलको ७२ औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा मोरक्कोका इसा डियोपले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
जितसँगै मोरक्कोले अब आगामी शनिबार हुने अन्तिम १६ को खेलमा क्यानडाको सामना गर्नेछ भने उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।


