२१ असार २०८३, आइतबार 1783278005
अर्थ

‘एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८औं संस्करण “एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। 

उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो।

आज (असार २१ गते) नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु र सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधीहरुको उपस्थितिमा भव्यताका साथ उक्त गोला प्रथा कार्यक्रम सम्पन्न गरी सहभागी कम्पनीहरुलाई स्टल बाँड–फाड गरिएको छ।  गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २–पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल एलट्मेन्ट गरिएको छ। नाडामा सहभागी कम्पनीहरुलाई नाडाका महासचिव मिलनबाबु मल्लले आभार व्यक्त गरे।