काठमाडौं। बेल्जियम फिफा विश्वकप २०२६ क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न खेलमा सह–आयोजक अमेरिकालाई ४–१ गोलले स्तब्ध पार्दै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो। बेल्जियमका लागि युवा स्ट्राइकर चार्ल्स डी केटेलारेले दुई उत्कृष्ट गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका हुन् । यो जित सँगै बेल्जियम क्वाटरफाइनलमा प्रबेश गरेको छ । अब उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

