काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन् ।
असार २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गरेको हो ।
आचार्य हाल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् ।
आचार्यसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढीको व्यवस्थापकीय अनुभव रहेको छ । उनले नेपालका वाणिज्य बैंक, विकास बैंक तथा मर्चेन्ट बैंकिङ संस्थाहरूमा उच्च व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
बैंकका अनुसार नवनियुक्त सीईओ आचार्यले साउन १ गतेदेखि सीईओको जिम्मेवारी सम्हाल्नेछन् । आचार्यको कार्यकाल ४ वर्षको हुनेछ ।

