२७ असार २०८३, शनिबार 1783767552
राजनीति

प्रधानमन्त्रीले कालो चस्मा खोल्ने बेला आयो : बासना थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई कालो चस्मा खोल्ने बेला आएको बताएको छ । त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा राज्य किन मूकदर्शक बनेर बसेको ? भन्दै कांग्रेसले  सो प्रश्न गरेको हो ।

कांग्रेस सांसद बासना थापाले शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरिन्, ‘राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज किन टाढा हुनुहुन्छ ?’ नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुलेन्स समेत नपठाएको आरोप उनले लगाइन् ।

‘राज्य आतङ्कका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो । शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन । बरु प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लग्यो,’ उनले भनिनन्, ‘यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? उ देशद्रोही हो रु उसले कसको विरुद्ध के अपराध गरेको थियो रु उसको गल्ती यही हो कि यो देशमा जन्मियो कि यही देशमा केही गर्न खोज्यो ।’