२७ असार २०८३, शनिबार 1783767872
राजनीति

इरान कुनै पनि हालतमा अमेरिकासामु झुक्दैन : इरानी सभामुख

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले अमेरिकाले कुनै चालबाजी गरेमा पूर्ण शक्तिसहित जवाफ दिने जनाएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले आफ्नो देश कुनै पनि हालतमा अमेरिकासामु नझुक्ने बताएका हुन् । उनले अमेरिकाले दुई देशबीच भएको सम्झौताबाट पछि हटेमा इरान पूर्ण शक्तिसहित जवाफ दिन तयार रहेको समेत बताएको इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गालिबाफले भने, ‘हामीले आफ्नो देशको रक्षाको तयारी कहिल्यै रोकेका छैनौँ । यदि अमेरिकाले सम्झौताबाट पछि हट्यो भने हामी पूर्ण शक्तिका साथ जवाफ दिनेछौँ ।’ उनका अनुसार विश्वका धेरै देशहरू यो युद्धको अन्त्य चाहेका छन् तर इरानले आत्मसमर्पण गर्ने छैन ।