२८ असार २०८३, आइतबार 1783838809
Banner

नर्वेलाई हराउँदै इङ्गल्याण्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको छ । रोमान्चक क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

मियामी स्टेडियममा भएको खेलको अतिरिक्त समयमा इङ्गल्यान्डले २–१ को सनसनीपूर्ण जित निकालेको हो ।

खेलको ३६ औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समय ९४५ं२ औँ मिनेट० मा एन्थोनी गोर्डनको पासमा जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई १–१ को बराबरीमा ल्याएका थिए ।