काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

