२९ असार २०८३, सोमबार 1783969455
अर्थ

‘द आठौं चाईना इन माई आईज’ पेन्टिङ प्रतियोगिता तथा पुरस्कार वितरण समारोह सम्पन्न

काठमाडौं । युरो स्कुल हत्तिगौंडाले ‘द आठौं चाईना ईन माई आईज’ पेन्टिङ प्रतियोगिता तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । युवा कलाकार, शिक्षक, कुटनीतिज्ञ तथा सामुदायिक नेतृत्वकर्ताहरूलाई सृजनशीलता, सांस्कृतिक आदानप्रदान र नेपाल–चीन मित्रताको उत्सवमा एकत्रित गर्ने काम गर्यो । कार्यक्रमका प्रमुख अतिथि चिनिया राजदुत झाङ माओमिङले यस्ता कार्यक्रमले नेपाल–चीन मित्रतालाइ अझ बलियो र प्रगाढ बनाउनुका साथै संस्कृति आदानप्रदानमा टेवा पुग्ने बताए ।

प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, चिनिया दूतावासका अधिकारीहरू, बूढानीलकण्ठ नगरपालिकाका शिक्षा विभागका प्रतिनिधिहरू, वडा अध्यक्ष, विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक, विद्यार्थी लगायत अन्य १६ विद्यालयका सहभागीहरू उपस्थित थिए । सांस्कृतिक समझदारी र कलात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्न आयोजित प्रतियोगिताले विद्यार्थीहरूलाई “चाइना इन माई आइज” भन्ने विषयमा आधारित चित्रकला प्रस्तुत गर्ने अवसर प्रदान ग¥यो, यसले कला मार्फत आपसी सम्मान, मित्रता र नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने सन्देश दिएको छ ।

आईबी वल्र्ड स्कुलका रूपमा युरो स्कुल हत्तिगौडाले विविधता र विश्व दृष्टिकोणलाई महत्व दिने खुला सोच भएका विद्यार्थीहरू विकास गर्ने प्रतिबद्धता जनाएको छ । गत छ वर्षदेखि विद्यालयको अन्तर्राष्ट्रिय भाषा कार्यक्रम अन्तर्गत ग्रेड १ देखि ५ सम्मका विद्यार्थीहरूले मूल चिनीयाँ शिक्षकबाट चिनीयाँ भाषा समेत अध्ययन गर्दै आएका छन् । यसमार्फत उनीहरूले चीनको इतिहास, परम्परा, पर्व, कला र संस्कृतिको गहिरो ज्ञान हासिल गर्न सफल भएका छन् । विद्यालयले सबै सहभागीहरूलाई बधाई दिंदै प्रत्येक चित्रलाई सृजनशीलता र आशाको प्रतिबिम्बका रूपमा सम्मान ग¥यो । साथै राजदूत झाङ माओमिङ, मेयर मिठाराम अधिकारी, चीनया दुतावासका प्रतिनिधी, सहभागी विद्यालय, शिक्षक, अभिभावक, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्दै युरो स्कुलकी संस्थापक निर्देशक शैलजा अधिकारीले भनिन, ‘यस्ता प्रतियोगिताले बालबालिकाको शैक्षिक, सामाजिक, बौद्धिक, मनोवैज्ञानिका साथै कलात्मक क्षमता बृद्धि गराउने र उनीहरुलाई हरेक प्रतिस्प्रर्धाका लागी निडर भएर तयार गराउने भुमिका खेल्ने बताइन ।’

द आठौं चाइना इन माई आइज पेन्टिङ प्रतियोगिता पुरस्कार वितरण समारोहले युरो स्कुल हत्तिगाउँको अन्तर्राष्ट्रिय समझदारी, अन्तरसंस्कृतिक शिक्षा र वैश्विक शैक्षिक साझेदारीलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ